• २०८१ बैशाख १८ मंगलबार

‘डमरुको डण्डीबियो’ फिल्मको घोषणा, खगेन्द्र र मेनुका मुख्य भूमिकामा 

kharibot

काठमाडौँ ।  यस वर्ष प्रदर्शनमा आएको फिल्म 'धनपति'बाट अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि मौन देखिएका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले नयाँ फिल्म साइन गरेका छन् । 

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच खगेन्द्रको लेखन र अभिनय रहने फिल्म ‘डमरुको डण्डीबियो’को औपचारिक निर्माण घोषणा गरिएको छ । छेतेन गुरुङले निर्देशन गर्ने फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

असोज २२ गतेबाट छायांकन आरम्भ हुने फिल्मको बजेट १ करोड ५० लाख रहेको निर्देशक गुरुङले जानकारी दिए । लेखनबाट सिकेका कुराहरुले फिल्म निर्देशन गर्ने आत्माविश्वास पलाएका कारण ‘डमरुको डण्डीबियो’ निर्देशन गर्न लागेको निर्देशक गुरुङले बताए । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा हामीले रोचक तरिकाले प्रस्तुत गर्ने उनले बताए ।

यस्तै, कलाकार तथा लेखक खगेन्द्र लामिछानेले सधै आफ्नै फिल्ममा मात्र काम गर्ने भनेर खुब आरोप लाग्दै आइरहेकोमा आजबाट यो आरोपबाट पनि मुक्त भएको बताए । उनले ‘डमरुको डण्डीबियो’ नेपाली मौलिक कथावस्तुमा निर्माण हुने पनि बताए । 

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण हुने यो फिल्मको छायांकन लम्जुङको घले गाउँमा ७५ र काठमाडौंमा २५ प्रतिशत हुनेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै