• २०८१ बैशाख २० बिहीबार

मध्य थाइल्यान्डमा भ्यान दुर्घटना, ११ जनाको मृत्यु

kharibot

 

काठमाडौं । मध्य थाइल्यान्डमा चन्द्र नयाँ वर्षको बिदा मनाइरहँदा यात्रुवाहक भ्यान दुर्घटना हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । ट्राफिक दुर्घटनाहरू सामान्य छन् । 

१२ जना बोकेको भ्यान उत्तरपूर्वी अम्नात चारोएन प्रान्तबाट बैंकक जाँदै गर्दा मध्य नाखोन रत्चासिमा प्रान्तमा शनिबार राति राजमार्गबाट पल्टिएको प्रहरी कर्नेल यिंग्योस पोल्डेजले बताए ।

दुर्घटनामा एक जना मानिस झ्यालबाट बाहिर निस्कन सफल भएका थिए । तर, अन्य यात्रुहरू फसेका थिए । उनीहरुको आगोमा जलेर मृत्यु भएको थियो । 

बाँचेका २० वर्षीय विद्यार्थी थानाचित किङ्काउले आफू सुतेको अवस्थामा कसैको चिच्याएको सुनेर ब्यूँझिएको बताए । ‘म व्युझँदा भ्यान उल्टो थियो’, उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै