• २०८१ बैशाख १५ शनिबार

अरु पार्टीलाई कुचो बोक्न सिकायौँ- मिलन पाण्डे

kharibot

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् । 

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे । उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए ।

उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए । 

उनले भने, ‘काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने २०६९ सालताका थियो । त्यो मानसिकतालाई हामीले चिरेका छौँ । यी दलहरु भन्दा पनि बाहिर कुनै विकल्प हुनसक्छ भन्ने भाष्य थियो, त्यसलाई हामीले चिरेका छौँ । आज काँग्रेस, एमाले, माओवादी, राप्रपाको विकल्प हुनसक्छ, सके दल हुन्छ, नभए स्वतन्त्र पनि हुन्छ, लोकतन्त्र विकल्परहीत छैन, होइन भन्ने भाष्य हामीले निर्माण गरेका छौँ । आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुनसक्छ । अनसन बसेर पनि हुनसक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ । हामीले कार्यक्रमपछि कुचो बोकेर सफा गर्न हिँडेका थियौँ, अन्य पार्टीहरुलाई पनि त्यो सिकायौँ । यो हाम्रो उपलब्धि हो ।’

नेता पाण्डेले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै