• २०८१ बैशाख १५ शनिबार

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय- विवेकशील साझा

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ ।

पार्टी आइतबार प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति निकालेर चिकित्सकमाथि कार्यस्थलमै भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

मकवानपुरको हेटौँडास्थि सन्चो अस्पतालका दुईजना चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आइतबार चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । 

चिकित्सकमाथि हुने आक्रमण रोक्ने र उनीहरुको सुरक्षाको सुनिश्चित गर्दै दोषीमाथि करबाही गर्न विवेकशीलले सरकारसँग माग गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै