• २०८१ बैशाख १५ शनिबार

विवेकशील साझा पार्टीको अध्यक्षमा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना चयन

kharibot

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् ।

त्यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएका छन् ।

सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् । 

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुई/दुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई  जना गरी २१ जना चयन गरिनेछ । 

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै