• २०८१ बैशाख १७ सोमबार

बक्स अफिसमा अक्षयकुमारको 'सेल्फी' को आशा सकियो !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अक्षय कुमार र इमरान हाशमीका लागि सन् २०२३ को सुरुवात राम्रो भएन । दुवै स्टारको फिल्म ‘सेल्फी’ हालै रिलिज भएको थियो, जुन भारतीय बक्स अफिसमा फ्लप भएको छ । फिल्मले पहिलो दिननै निराशाजनक कमाई गरेको थियो । 

राज मेहताले निर्देशन गरेको यो फिल्म २४ फेब्रुअरीमा रिलिज भएको थियो । दुवै कलाकारले यो फिल्मबाट धेरै आशा राखेका थिए । तर, बक्स अफिसमा फिल्मको अवस्था खराब देखिएको छ । राज मेहता सुपरहिट फिल्म गुड न्यूजको निर्देशनका लागि परिचित छन् । यस फिल्ममा पनि अक्षय कुमारले मुख्य भूमिका निभाएका थिए तर यो फिल्ममा भने उनी चुकेका छन् ।

फिल्मको कलेक्शनको कुरा गर्दा सेल्फीले पहिलो दिनदेखि नै दर्शकलाई हलसम्म तान्न असफल भएको छ । फिल्मले पहिलो दिन २.५५ करोड कमाएको थियो । योसँगै फिल्मले दोस्रो दिन ३.८० करोड, तेस्रो दिन ३.९५ करोड, चौथो दिन १.३० करोड र पाँचौं दिन १.१० करोडको व्यापार गरेको छ । यसैबीच फिल्मको छैटौं दिन एक करोड मात्र कमाई गरेको छ । योसँगै फिल्मको कुल व्यापार १३.७० करोड पुगेको छ ।

ठूला स्टार र निर्देशकको उपस्थितिपछि पनि फिल्मको यस्तो कलेक्शनले दिग्गजलाई समेत आश्चर्यमा पारेको छ । यो फिल्मलाई १५० करोडको लगानीमा बनाइएको बताइएको छ । ठूलो बजेटमा बनेको सेल्फीको यति कम व्यापारपछि यो फिल्म अक्षय कुमारको सबैभन्दा ठूलो फ्लपको सूचीमा परेको छ ।

केहि दिन अघि मात्र अक्षयकुमारले फिल्मले निराशाजनक कलेक्सन गरेपछि आफुले दर्शकको भावना बुझ्न गल्ति गरेको प्रतिक्रिया दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै