काठमाडौँ । युरोकप छनौट खेल अन्तर्गत बेल्जियमले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक गरेका थिए ।
लुकाकुले खेलको ३५औँ, ४९औं र ८२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
यो जितपछि समुह एफमा बेल्जियमले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
यसै समुहमा रहेको अस्ट्रियाले अजरबैजानलाई ४-१ गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।