• २०८१ बैशाख २८ शुक्रबार

आइपीएल टिम विश्लेषण- कस्तो छ लखनऊ सुपरजायन्ट्स ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १६औं सिजन मार्च ३१ बाट सुरु हुँदैछ । उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।

दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै लखनऊ सुपरजायन्ट्स र गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । 

यस रिपोर्टमा आइपिएल टिम लखनऊ सुपरजायन्ट्सको बारेमा विश्लेषण गर्दै छौं ।

लखनऊ सुपरजायन्ट्स | केएल राहुल, कप्तान

गत आईपीएल सिजनमा पहिलो पटक सामेल भएको लखनऊ सुपरजायन्ट्सले केएल राहुलको कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्‍यो । टोलीले १४ मध्ये ९ खेल जितेर ३ नम्बरमा रहँदै प्लेअफमा पुग्न सफल भएको थियो । तर एलिमिनेटरमा आरसीबीसँग पराजित भएपछि चौथो स्थानमा रहँदा सन्तुष्ट हुनुपरेको थियो । 

लखनउको बलियो पक्ष भनेको केएल राहुल, क्वेंटन डी कक, निकोलस पूरन र दिपक हुड्डाको रूपमा आक्रमण र अनुभवी शीर्ष क्रम हुनु हो । त्यस्तै क्रुणाल पाण्डेय रमार्कस स्टोइनिसले पनि लखनउको मध्य तथा तल्लो क्रमलाई बलियो बनाउछन् । यस टिममा भारतीय र विदेशी पेस बलरहरूको उत्कृष्ट संयोजन रहेको छ ।

यस टिमको कमजोरी भनेको बलिङ पक्षमा हो । मार्क वूडलाई साथ दिन सक्ने तिब्र गतिका बलर टिममा देखिदैनन भने गुणस्तरीय स्पिनर पनि छैनन् । स्पिनरमा अमित मिश्र र रवी विश्नोई रहेका छन् ।

यस टिममा केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), निकोलस पूरन, दीपक हुडा, आयुष बडोनी, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, मार्क वुड, रवि बिश्नोई, आवेश खान, जयदेव उनाडकट, अमित मिश्र, क्रिश्नाप्पा गोवथम, डेनियल साम्स, करन शर्मा जस्ता खेलाडी रहेका छन् ।

यस टिमको टिम मेन्टरको रुपमा भारतीय पुर्व ओपनर गौतम गम्भीर रहेका छन् भने प्रशिक्षक एन्डी फ्ल्वार रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै