• २०८१ बैशाख १६ आइतबार

याशभी जैसवालको विस्फोटक व्याटिङमा राजस्थानको जित 

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत विहिबार भएको खेलमा राजस्थान रोयल्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

कोलकोताले दिएको १५० रनको लक्ष्य पछ्याएको राजस्थानले १३.१ ओभरमा ९ विकेटको क्षतिमा १५१ रन बनायो । 

राजस्थानका लागि याशभी जैसवालले विस्फोटक व्याटिङ गरे । उनले अविजित ४७ बलमा ९८ रन बनाए ।

यस्तै सन्जु श्यामसनले अविजित २९ बलमा ४८ रन बनाए । जोस बटलर शुन्यमा रनआउट हुन पुगे । कोलकोताका लागि कुनैपनि बलरले राजस्थानको विकेट लिन सकेनन् । 

यसअघि इडेन गार्डेनमा टस हारेर पहिले व्याटिङ गरेको कोलकोताले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । 

कोलकोताका लागि वेनकटेस आयरले सर्वाधिक ५७ रनको पारि खेले । यस्तै नितिश राना २२, रहमानुल्लाहा गुरवाज १८ र रिन्कु सिंहले १६ रन बनाए । राजस्थानका लागि बलर युजभेन्द्र चाहाङलले ४ विकेट लिए । 

यस्तै ट्रेन्ड बोल्टे २, सन्दिप शर्मा र केएम आशिफले समान एक एक विकेट लिए ।

यससँगै राजस्थानको १२ खेलबाट १२ अकंका साथ तेश्रो स्थानमा उक्लिएको छ । १२ खेलमा १० अंक रहेको कोलकोता सातौं स्थानमा झरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै