• २०८१ बैशाख १६ आइतबार

चेन्नईले दिल्लीलाई दियो १६८ रनको लक्ष्य 

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार जारी खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १६८ रनको लक्ष्य दिएको छ । 

चेन्नाई स्थित चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको छ । 

चेन्नईका लागि रुतुराज गैकवाड २४, अजिंके राहाने २१, शिभव् दुवेले २५, अम्बाथि राहेडू २३, रविन्द्र जडेजा २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए । 

दिल्लीका लागि बलर मिचेल मार्सले ३ विकेट हात पारे । त्यस्तै अक्क्षर पटेल २, खालिल अहमेद, ललित यादव र कुलदिप यादवले समान एक एक विकेट लिए । 

चेन्नाई ११ खेलमा ६ जित र ४ हार सहित १३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

आजको खेल जितेर चेन्नाई प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ ।

दिल्लीलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ ।

दिल्ली दश खेलमा चार जित र छ हारका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै