• २०८१ बैशाख १६ आइतबार

गुजरातमाथि मुम्बईको जित 

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा १९१ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि रसिद खानले अविजित ३२ बलमा ७९ रन बनाए । यस्ते डेभिड मिलरले ४१, विजय शंकरले २९, रसिद खानले २५ रन र राहुल तेवाटियाले १४ रन बनाए ।

मुम्बईका लागि बलर आकाश मडवालले ३ विकेट लिए । यस्तै पियुश चावला र कुमार कर्तिज्ञले समान दुई दुई विकेट लिए । जेशन ब्रेनड्रफले एक विकेट लिए । 

यसअघि वानखडेमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । 

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित १०३ रनको शतकिय पारि खेले । यस्तै इशान किसान ३१, विष्णु विनोद ३०, रोहित शर्मा २९ र नेहाल वादिराले १५ रन बनाए ।

गुजरातका लागि बलर रसिद खानले ४ विकेट लिए । यस्तै मोहित शर्माले एक विकेट लिए । 

यससँगै मुम्बई १२ खेलबाट १४ अकंका साथ तेश्रो  स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको गुजरात १२ खेलमा १६ अंक रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै