• २०८१ बैशाख १६ आइतबार

दिल्लीमाथि चेन्नईको जित 

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार जारी खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । 

चेन्नाईले दिएको १६८ रनको लक्ष्य दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि रिले रोसोले ३५, मनिष पाण्डे १७ र अक्क्षर पटेलले २१ रन बनाए । 

चेन्नईको जितमा बलर मथिसा पथिरानाले ३ विकेट लिए । त्यस्तै दिपक चहरले दुई र  रविन्द्र जडेजाले एक विकेट लिए । 

चेन्नईस्थित चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । 

चेन्नईका लागि रुतुराज गैकवाड २४, अजिंके राहाने २१, शिभव् दुवेले २५, अम्बाथि राहेडू २३, रविन्द्र जडेजा २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए । 

दिल्लीका लागि बलर मिचेल मार्सले ३ विकेट हात पारे । त्यस्तै अक्क्षर पटेल २, खालिल अहमेद, ललित यादव र कुलदिप यादवले समान एक एक विकेट लिए । 

चेन्नाई १२ खेलमा ६ जित र ४ हार सहित १५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । गुजरात टाइटन्स् १६ अंकका साथ पहिलो स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै