• २०८१ बैशाख १६ आइतबार

आइपीएल टिम विश्लेषण- कस्तो छ कोलकोता नाइटराइडर्स ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १६औं सिजन मार्च ३१ बाट सुरु हुँदैछ । उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।

दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै लखनऊ सुपरजायन्ट्स र गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । 

यस रिपोर्टमा आइपिएल टिम कोलकोता नाइटराइडर्सको बारेमा विश्लेषण गर्दै छौं ।

कोलकाता नाइट राइडर्स | नितिश राणा, अन्तरिम कप्तान

कोलकोता नाइटराइडरस आइपिएलमा मुम्बई र चेन्नईपछि तेस्रो सफल टिम मानिन्छ । कोलकोताले २०१२ र २०१४ मा आइपिएलको उपाधि जितेको थियो भने २०२१ मा फाइनलमा पुगेको थियो । 

तर गत सिजनमा कोलकाता लिग चरण बाट नै बाहिरिएको थियो । गत सिजन कप्तानी गरेका श्रेयस अय्यर यस सिजनको शुरुमा घाइते भएका कारण उनको ठाउमा नितिस राणाले अन्तिरम कप्तानको भूमिका निभाउने भएका छन् । सम्भवत आधा सिजनपछि अय्यर आइपिएल खेल्ने बताइएको छ तर उनको आइपिएलमा खेल्ने बारेमा अहिलेसम्म स्पष्ट भएको छैन । 

कोलकोताले पछिल्लो १४ खेलमध्ये ६ खेलमा मात्रै जित हात पार्दै ७ नम्बरमा रहेको थियो ।

विदेशी र घरेलु अलराउन्डरहरूले कोलकोताले आफुलाई बलियो टिमको रुपमा प्रस्तुत गरेको छ । जसमा आन्द्रे रसेल, सुनिल नारान, शकिब अल हसन जस्ता खेलाडी प्रमुख रहेका छन् ।

त्यस्तै सुनील नारान र वरुण चक्रवर्ती जस्ता मिस्ट्री स्पिनरहरू घरेलु र विदेशी पेसरहरू श्रदुल ठाकुर, लुकी फर्गुसन टिम साउदी सँग उपलब्ध छन् । बलिङ युनिट कोलकोताको बलियो पक्ष हो ।

त्यस्तै कोलकोताको ओपनिङ ब्याट्सम्यान र विकेटकिपर कमजोर पक्ष मानिएको छ ।शीर्ष क्रममा एक विस्फोटक विदेशी ब्याटर छैनन् । अय्यरको अनुपस्थितिले मध्यक्रम कमजोर देखिन्छ ।

कोलकोतामा नितिस राणा (अन्तरिम कप्तान), वेंकटेश अय्यर, नारायण जगदीशन (विकेटकीपर), मनदीप सिंह, आन्द्रे रसेल, शकिब अल हसन, डेभिड भिजे, शार्दुल ठाकुर, लोकी फर्गुसन, सुनील नारान, उमेश यादव, वरुण चक्रवर्ती जस्ता खेलाडी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै