• २०८१ बैशाख १७ सोमबार

सेञ्चुरी कमर्सियल बैंकको नाफा शतप्रतिशत वृद्धि

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत मसान्तसम्ममा ६३ करोड खुद मुनाफा गरेको छ । यो मुनाफा गत त्रैमासिकको तुलनामा एक सय तीन प्रतिशतको वृद्धि हो ।

बैंकले गत वर्षको सोही अवधिको तुलना मा शतप्रतिशतभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले चैत मसान्तसम्ममा ५२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले विगत सात महिनादेखि का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आएका छन् ।

यस अवधिमा बंैकले नौ वटा थप शाखाहरुसमेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र पाँच वटा एक्स्टेन्सन काउण्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र तीन वटा एक्स्टेन्सन काउण्टर साथै १० वटाशाखारहित बैकिंङ्ग गरी जम्मा एक सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै