• २०८१ बैशाख १७ सोमबार

सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई २ लाख आर्थिक सहयोग

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ई—नेबल नेपाललाई सहयोेग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा उक्त संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गन दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  
ई–नेबल नेपाल बिगत देखि यो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्नेछ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै