• २०८१ बैशाख १६ आइतबार

भैरहवामा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

kharibot

भैरहवा । आगामी वैशाख १५ र १६ गतै विभिन्न ४ देशका कराते खेलाडीहरु बीच रुपन्देहीमा प्रतियोगिता हुने भएको छ ।  जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत नेपाल, भारत, भुटान र बंगलादेशका करिब ३०० कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । 

नेपालको प्रतिनिधित्व गर्दै अन्तरष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउदै आएको जापान गोजुरियो कराते डो मिसनले आफ्नै आतिथ्यतामा प्रतियोगिता आयोजना गर्न लागेको डो.मिसन संघका संस्थापक काजि रानाले जानकारी गराए । विभिन्न २० वटा उमेर समूहमार्फत प्रतियोगिता हुने समूह मध्ये अधिकतम पदक ल्याउने टिमलाई च्याम्पियनको उपाधिबाट पुरस्कृत गरिने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत प्रतियोतिाबारे जानकारी गराएको हो । 

दुई दिने प्रतियोगितामा सहभागी हुन भारतबाट एक सय बढी, भुटानबाट १०, बंगलादेशबाट १२ र नेपालबाट गरी २५० बढीले प्रतिस्पर्धा गर्नेछन् । रुपन्देहीको मणिग्राक स्थित ससुराली होटलको सभा हलमा हुने प्रतियोगिता २ वटा रिङमा समामनान्तर रुपमा चल्ने लुम्बिनी कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरत केसीले बताए । 

विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेको नेपालले यस पटक घरेल् मैदानमै स्वच्छ अप्रतिस्पर्धा गर्नेछ । मार्सल आर्ट अन्तर्गतको कराते खेल सधैँ व्यवहारमा प्रयोग भइरहने हुँदा यसकाे महत्व धेरै रहेकोले कराते खेलतर्फको आकर्षण बढ्दो रहेको सचिव गिरीप्रसाद पुनले बताए । हाम्रो आत्मसुरक्षाका लागि पनि यसकाे महत्व रहेकोले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता रुपन्देहीमा नै गराउन लागिएको बताए । 

भारतको  उत्तरप्रदेश, विहार, गुजरात, झारखण्ड लगायतका खेलाडीहरु प्रतिस्पर्धाका लागि मात्रै हाेइन नेपालको बहादुर खेलाडीहरुसँग अनुभव साटासाट हुने ध्येले पनि सहभागिता जनाउन लागेको डो मिसन संघका उपाध्यक्ष सतिश कुमार चौधरीले भने ।

अहिले आर्थिक संकटको समयमा आयोजना गर्न लागिएको प्रतियोगिताले यस क्षेत्रको र समग्र नेपालको परिचय दिने भएकोले तिलोत्तमा नगरपालिकाको सह आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले यस क्षेत्रको सामाजिक, आर्थिक र सास्कृतिक मात्रै नभएर पर्यटन क्षेत्रमा पनि टेवा पुर्‍याउन विश्वास आयोजक संस्थाको रहेको छ । 

आयोजक मिसन संघको नेतृत्वले नेपाललाई प्रतिनिधित्व गर्दै सन् २०१४ मा पुनामा भएको वल्र्ड च्याम्पियनसिप अवार्ड, सन् २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन् २०२१ मा पटनामा इन्टरनेशनल च्याम्पिसयनसीप र सन २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पिसयनसीप लगायतको चर्चित अवार्डहरु जिते पनि घरेलु मैदानमा आउने नतिजा पनि सफल नै हुने विश्वास लिएको प्रतियोगिताका प्रमुख प्रशिक्षक रानाले भने ।

नेपालको नामलाई उच्चमा राख्न खेलाडीले करातेको माध्यमबाट भुमिका खेलेपनि सरकारको तर्फ खासै नहेरिएको उनले गुनासो गरे । जापान गोजुरियो सन् २००४ मा स्थापना भएको हो । हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ डोजो छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय