• २०८१ बैशाख १६ आइतबार

सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप आजबाट काठमाडौंमा

kharibot

काठमाडौं । आजदेखि सातौं दक्षिण एसिया कराते च्याम्प्यिनशीप (क्याडेट, जुनियर, यू २१ र सिनियर) काठमाडौंम सुरु हुने भएको छ ।

नेपाल कराते महासंघको व्यवस्थापन तथा दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्विकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार दुई दिन सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि कूल २ सय ३७ खेलाडीले प्रतिस्पर्धा र्गे च्याम्पियनशिपका प्रचार संयोजक रवि महर्जनले जानकारी दिएका छन् । 

प्रतियोगीतामा भारतबाट सबैभन्दा बढी ६४ खेलाडी, नेपालबाट ६२, श्रीलंकाबाट ४३, बंगलादेश र पाकिस्तानबाट समान ३३ र भुटानबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

६२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा सिनियर कुमुतेमा महिलातर्फ ४५ केजी मुनि, ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि र ६८ केजीमाथिमा तथा पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि, ६७ केजी मुनि, ७५ केजी मुनि, ८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै टिम कुमुते महिला र पुरुषको प्रतिस्पर्धा पनि समावेश गरिएको छ । सिनियरको महिला र पुरुष एकल काता तथा टिम काताको पनि खेल हुने आयोजकले जनाएको छ । 

१४–१५ वर्ष महिला र पुरुषमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४८ केजी मुनि, ५३ केजी मुनि, ५९ केजी मुनि र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि, ७६ केजी मुनि र ७६ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै १६–१७ वर्ष उमेर समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४८ केजी मुनि, ५३ केजी मुनि, ५९ केजी मुनि र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ७६ केजी मुनि र ७६ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यू २१ -१८देखि २०) वर्ष समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनि, ४५ केजी मुनि, ५० केजी मुनि, ५५ केजी मुनि, ६१ केजी मुनि, ६८ केजी मुनि र ६८ केजी माथि पुरुषतर्फ ५० केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि, ६७ केजी मुनि, ७५ केजी मुनि, ८४ केजी मुनि र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिस्पर्धामा १४ देखि १७ वर्ष उमेर समूहको महिला र पुरुषको टिम काता पनि सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै