• २०८१ बैशाख १७ सोमबार

इन्जुरी समयमा गोल गर्दै रोशनले मनाङलाई जिताए

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खुमलटारलाई पराजित गरेको छ ।

विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले खुमलटारलाई १-० गोल अन्तरले पराजित गरको हो ।

खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रोशन रानाले गोल गर्दै मनाङलाई महत्वपूर्ण जित दिलाएका थिए । 

यो जितपछि मनाङ मर्स्याङ्दी क्लब २३ खेलमा ३१ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै खुमलटारको भने २३ खेलमा २४ अंक छ र लिगको पुछारमा रहेको छ ।

योसँगै जारी ए डिभिजन लिगका २३औं चरणका खेलहरु सकिएका छन् ।

अहिलेसम्मको अंक तालिका :


           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै