• २०८१ बैशाख १७ सोमबार

यू-२० महिला टोली म्यानमार प्रस्थान 

kharibot

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरे ।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । 

छनोटको दोस्रो चरणमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।

’ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । 

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । 

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । 

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।  यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

गोलकिपर- कविता विक, लिला जोशी, सावित्री किसान

डिफेन्डर- सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर- सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी  

फरवार्ड- गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै