काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
च्यासल मैदानमा आइतबार पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । उनले खेलको ७५ औं र ८१ औं मिनेटमा गोल गरेका छन् ।
मछिन्द्रका आफिज ओलावालेले खेलको २७ औं मिनेटमा एक गोल गरे ।
पुलिसको यो ११ औं जित हो । पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस हारले मछिन्द्रको उपाधि होडमा धक्का पुगेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।