काठमाडौँ । चेल्सीबाट खेल्ने फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टेले पनि साउदी प्रो लिग जाने अन्तिम तयारी गरेका छन् ।
३२ बर्षिय मिडफिल्डर कान्टे साउदी प्रो लिग क्लब अल इतिहादमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
इतिहादले कान्टेलाई बार्षिक सय मिलियन डलरको अफर दिएको बताइएको छ । उनले दुई बर्षको सम्झौता गर्ने र यसका लागि अल इतिहादका प्रतिनिधि हाल लण्डनमा रहेका छन् ।
गत मार्चदेखि नै चेल्सीले कान्टेसँग आफ्नो सम्झौता नवीकरणको प्रयास गरेपनि उनले सम्झौता नवीकरण गर्न अस्वीकार गर्दै आएका थिए ।
इतिहादले फ्रान्सकै फरवार्ड करिम बेन्जमालाई साइन गरिसकेको छ भने अब कान्टेले पनि बेन्जमाको बाटो पछ्याउने तयारी गरेका छन् ।
कान्टे २०१५ मा चेल्सी आएका थिए । उनले अहिलेसम्म चेल्सीका लागि २६९ खेल खेल्दै १३ गोल गरेका छन् । चेल्सीले २०२०-२१
गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएपछि अब ठुला स्टार खेलाडीहरु पनि साउदी जान आत्मविश्वास बढेको देखिन्छ ।
अहिले लियोनेल मेसी, सेर्गी बस्क्वेट, पाउल पोग्वा, पिएर एमरिक आउबामेयांग, हुगो लोरिस, सर्जियो रामोस जस्ता ठुला खेलाडी साउदी लिग जान विभिन्न क्लबसँग वार्तामा रहेका छन् ।