• २०८१ बैशाख १६ आइतबार

भारतविरुद्ध अस्ट्रेलिया बलियो, तेस्रो दिनको खेल सकिदा २९६ रनको अग्रता

kharibot

काठमाडौँ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलको तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले २९६ रनको अग्रता बनाएको छ ।

तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले ४ विकेट गुमाउदै १२३ रन बनाएको छ ।

दोस्रो इनिंगमा तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाका मार्नस  लाबुसचाग्ने ४१ र क्यामरुन ग्रीन ७ रन बनाएर खेलिरहेका छन् । यसअघि उसमान ख्वाजा १३, डेविड वार्नर १, स्टिभ स्मिथ ३४ र ट्राभिस हेड १८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले २, मोहमद सिराज र उमेश यादवले एक एक विकेट लिएका थिए ।

यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ४६९ रन बनाएको थियो भने भारतले २९६ रन बनाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा १७३ रनको अग्रता लिएको थियो । जसको आधारमा अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा २९६ रनको अग्रता बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै