• २०८१ बैशाख १५ शनिबार

एशेज सिरीज आजदेखि शुरु: पहिलो टेस्टमा इङल्याण्डले टस जितेर ब्याटिंग गर्दै

kharibot

काठमाडौँ । टेस्ट क्रिकेटको सबै भन्दा चर्चित र रोचक सिरिज एशेज सिरीज आजदेखि शुरु भएको छ ।

इङल्याण्ड र अस्ट्रेलियाबीचको ५ खेलको यो सिरिज आजदेखि इङल्याण्डको बिर्मिन्घममा शुरु भएको हो ।

सिरिजको पहिलो खेलमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरको छ ।

इङल्याण्ड बेन स्टोकको कप्तानीमा मैदानमा उत्रिएको छ भने अस्ट्रेलिया पाट कमिन्सको नेतृत्वमा एशेज खेल्दै छ ।

इङल्याण्डको टिम: बेन स्टोक (कप्तान), ओली पोप, जो रुट, ह्यारी ब्रुक, जोनी बेयरस्टो, मोइन अली, ओली रबिन्सन, स्टुअर्ट ब्रोड, जेम्स एन्डरसन, ज्याक क्रावली र बेन डकेट ।

अस्ट्रेलियाको टिम: पाट कमिन्स (कप्तान), डेभिड वार्नर, उस्मान ख्वाजा, मार्नस लाबुसचेन, स्टीभ स्मिथ, ट्राभिस हेड, क्यामरुन ग्रीन, एलेक्स केरी, नाथन लियोन, स्कट बोल्याण्ड, जोश हेजलवुड । 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै