• २०८१ बैशाख १५ शनिबार

कसरी रह्यो टेस्ट सिरिजको नाम एशेज ?

kharibot

काठमाडौँ । टेस्ट क्रिकेटको पुरानो र निकै चर्चित सिरिज एशेज सिरिज शुक्रबारदेखि इङल्याण्डमा शुरु हुदै छ । इङल्याण्ड र अस्ट्रेलियाबीचको यो एशेज सिरिज ७३औ एसेज सिरिज हो ।

पहिलो पटक १८७७ मा अस्ट्रेलियाको मेलवर्नमा एशेज सिरिज खेलिएको थियो । एसेजको ७३औ संस्करण शुक्रबारदेखि जुलाई ३१ सम्म गरी ५ टेस्ट खेलिने छ । यस रिपोर्टमा हामि इङल्याण्ड र अस्ट्रेलियाबीचको क्रिकेट सिरिजको नाम कसरी रहन गयो र यसको इतिहास कस्तो छ भन्ने बारेमा चर्चा गर्दै छौ ।

एशेज सिरिजको नाम रहनमा रोचक कथा रहेको छ । कुरा १३८ बर्ष पुरानो हो । खासमा 'एसेज' नाम क्रिकेट खेलको समाचारको हेडलाइनबाट लिइएको हो । सन् १९८२ मा इङल्याण्डमा आयोजना भएको अस्ट्रेलियासँगको टेस्ट खेलमा इङल्याण्ड ७ रनले पराजित हुन पुग्यो । इङल्याण्डको जमिनमा अस्ट्रेलियाको यो पहिलो जित थियो ।

यो हार पछि ब्रिटिश पत्रिका स्पोर्टिंग टाइम्सका पत्रकार शिर्ले ब्रुक्सले यस्तो समाचार लेखे,'शोक समाचार, इङलिश क्रिकेटलाई याद गर्दै यति भन्न चाहन्छुकी १९८२, २९ अगस्टमा ओभल ग्राउण्डमा यसको म्म्रित्यु भएको छ । यसका प्रसंशक दुखमा छन् । इङलिश क्रिकेट मर्यो । उसको अन्तिम संस्कार पछि ऐश (खरानी) अस्ट्रेलिया पठाइने छ ।'

यसरी इङलिश क्रिकेट मर्यो भन्ने सो समाचारबाट एशेज शब्दको आविष्कार गरियो । यो समाचार पछि जब इङल्याण्डको टिम अस्ट्रेलिया गयो तब २-१ लेसिरिज जितेको थियो । सो सिरिज जितेपछि इङल्याण्डमा अस्ट्रेलिया पठाएको ऐश (खरानी फिर्ता आएको रुपमा मिडियामा लेखियो र दुवै देशबीचको यस टेस्ट सिरिजलाई 'एशेज' नाम दिइयो ।

अहिलेसम्मका ७२ एशेज सिरिजमा अस्ट्रेलिया ३४ पटक विजयी भएको छ भने इङल्याण्ड ३२ पटक विजयी भएको छ । ६६ सिरिजको नतिजा निस्किएकोमा केबल ६ सिरिज बराबरीमा सकिएको छ । त्यस्तै ७२ सिरिजका कुल ३५६ खेलमा अस्ट्रेलिया १५० खेलमा विजयी भएको छ भने ११०  खेलमा इङल्याण्ड विजयी भएको छ । जबकी ९६ खेल बराबरीमा सकिएका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै