• २०८१ बैशाख १५ शनिबार

एशेज सिरिजमा इङल्याण्डको शानदार शरुवात

kharibot

काठमाडौँ । शुक्रबारदेखि शुरु भएको एशेज सिरिजमा ईङल्याण्डले शानदार शुरुवात गरेको छ ।

एशेज सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै ईङल्याण्डले पहिलो दिन ८ विकेट गुमाएर ३९३ रन बनाएपछि आफ्नो इनिंग घोषणा गर्दै अस्ट्रेलियालाई ब्याटिंगका लागि बोलाएको छ । पहिलो दिनको खेल सकिदासम्म अस्ट्रेलियाले कुनै विकेट नगुमाएर १४ रन बनाएको छ ।

ईङल्याण्डलाई सिरिजमा शानदार शुरुवात दिलाउने क्रममा जो रुटले शतकीय पारी खेलेका थिए । रुटले आफ्नो ३०औं टेस्ट शतक बनाउनेक्रममा ११८ रन बनाएर आउट भएका थिए । त्यस्तै ईङल्याण्डका जोनी बैरस्ट्रवले ७८ रन बनाए भने ज्याक क्रवलीले ६१, ह्यारी ब्रुकले ३२, ओली पोपले ३१, मोइन अलीले १८, स्टुअर्ट बोर्डले १६ र ओली रोबिन्सनले १७ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर नाथन लियोनले ४ विकेट लिए भने जोश हजेलवूड़ले २ तथा स्कट बोल्याण्ड र क्यामरुन ग्रीनले एक एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै