• २०८१ बैशाख १५ शनिबार

एशेजको पहिलो खेलमा अस्ट्रेलियाको रोमाञ्चक जित

kharibot

काठमाडौँ । अस्ट्रेलियाले एशेज सिरिजको पहिलो टेस्ट जितेको छ ।

मंगलबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले ईङल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।

टेस्टको पाँचौं दिन ईङल्याण्डले दिएको २८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिलो इनिंगमा ईङल्याण्डले ३९३ रन बनाएको थियो भने अस्ट्रेलियाले ३८६ रन बनाएको थियो । त्यस्तै ईङल्याण्डले दोस्रो इनिंगमा २७३ रन बनाएपछि पहिलो इनिंगमा ७ रनको अग्रतासहित अस्ट्रेलियालाई २८१ रनको लक्ष्य दिएको थियो ।

यो जितसहित ५ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुन २८ देखि शुरु हुने छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै