• २०८१ बैशाख १७ सोमबार

सुनकोशी-मरिन डाइभर्सनको बजेट कटौती गरेकोमा एमालेको आपत्ति

kharibot

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको वताउदै  बजेट बिनियोजन प्रतिआपत्ति जनाएको छ ।

सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकाङ्क्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो ।

प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा बुद्दामा ध्यानाकर्षणसमेत गराएको जनाएको छ । विकास निर्माणको भारी मात्रामा भएको बजेट कटौती देखि लिएर मधेशमा आफ्ना कार्यकर्ताहरुलाइ झुट्टा मुद्दामा फसाएको समेत उल्लेख गरिएको छ ।

बैठकवाट पारित बुदाँ न. ६ मा भनिएको छ, 'नेकपा एमालेका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई षड्यन्त्रपुर्वक झुट्टा मुद्दा लगाइ फसाउने काम भएको छ, यसप्रती खेद प्रकट गर्दै सरकार जन्ताप्रती उत्तरदायी बन्न आग्रह गर्दछौ ।´ 

तराइ मधेश समृद्ध कार्यक्रम अन्तर्गत पहिले १ अर्व ५५ करोड बजेट छुट्याएकोमा अहिले ७० करोडमा सिमित गराएको, तराइ ल्याउन लागिएको सुनकोसी, मरिन बागमती डाइभर्सनको बजेट कटौती गरिएको, हुलाकी सडक निर्माणमा पहिले १३ अर्व छुट्याएकोमा अहिले ३ अर्व ५० करोडमा सिमित गरिएको जस्ता बिषयहरुमा एमाले मधेश प्रदेशको आपत्ति छ ।

त्यसैगरी काठमाण्डौ-तराइ द्रुत मार्गको बजेट कटौती गरिएको, कृषि क्षेत्रमा ११ अर्व बजेट कटौती गरिएको, पालिकाहरुको समानिकरण बजेटमा ५० प्रतिशत कटौती गरिएकोप्रति पनि ध्यानाकर्षण जनाएको छ ।

बैठकले भुमिहिनको समस्या, बर्षादवाट हुन सक्ने विपद जोखिमको पुर्वतयारी, छोरीहरुमा बढदै गएको घरेलु हिसांको बिषयमा समेत तिनै तहका सरकारलाइ झकझकाउने निर्णय गरेको छ ।

बैठकमा पाटीका सचिव योगेश भट्टराईको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै