• २०८१ बैशाख १७ सोमबार

लोकप्रियता गुमाउदै ट्वीटर !

kharibot

काठमाडौँ । एलन मस्कले किनेदेखि गरेका अनौठा निर्णय र नयाँ प्रतिबन्धका कारण ट्विटरले लगातार आफ्नो लोकप्रियता गुमाइरहेको देखिएको छ ।

अहिले अवस्था यस्तो छ कि लोकप्रिय सामाजिक सञ्जाल साइटको सूचीमा ट्विटर १४ नम्बरमा पुगेको छ । ट्विटरमा विश्वभर ५५६ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन्, तर अब प्रयोगकर्ताहरू यसको विकल्प खोजिरहेका छन् । सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालको कुरा गर्दा फेसबुक शीर्ष स्थानमा छ । फेसबुक संसारभर २९५८ मिलियन भन्दा बढी मानिसहरूद्वारा प्रयोग गरिन्छ ।  

जर्मन अनलाइन डेटा सङ्कलन र भिजुअलाइजेशन प्लेटफर्म स्टाटिस्टाका अनुसार अहिले सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालमा मासिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्याको आधारमा ट्वीटर १४औँ स्थानमा झरेको छ । यस लिस्टमा टेलिग्राम र स्न्यापच्याट पछि ट्विटरको नम्बर पनि आएको छ । जसमा फेसबुक पहिलो र युट्युब दोस्रो स्थानमा छन् ।

स्टाटिस्टाले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय सामाजिक नेटवर्कहरू, मेटाका सबै प्लेटफर्महरू मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्याको आधारमा शीर्ष-४ मा रहेका छन् । दोस्रो नम्बरमा रहेको युट्युब बाहेक अन्य सबै प्रमुख सामाजिक सञ्जाल मेटाले ओगटेका छन् । सूचीका अनुसार विश्वभर ह्वाट्सएप र इन्स्टाग्रामका २०-२० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् ।

प्रयोगकर्ताको संख्याको आधारमा फेसबुक शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा युट्युब रहेको छ ।

त्यस्तै व्हाट्सएप तेस्रो, इन्स्टाग्राम चौथो, वि च्याट पाँचौं,  टिकटक छैटौं, फेसबुक मेसेन्जर सातौं, डउयीन आठौँ, टेलिग्राम नवौं, स्न्याप च्याट, दशौँ, कुएशोउ एघारौं, सिना वेइबो १२औं, क्यूक्यू १३औं,  ट्विटर १४औं र  पिन्टेरेस्ट १५औं स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै