• २०८१ बैशाख १८ मंगलबार

एसेजको चौथो टेस्ट ड्र, सिरिजमा अस्ट्रेलियाको अग्रता कायमै

kharibot

काठमाडौँ । ईङल्याण्ड र अष्ट्रेलियाबीचको एसेज सिरिजको चौथो टेस्ट बर्षाले खेल हुन नसकेपछि खेल ड्र भएको छ ।

खेलको आज पाँचौं दिन पनि खेल हुन नसकेपछि अम्पाएरले खेल ड्र भएको घोषणा गरेका छन् । यसअघि चौथो दिनपनि खेल हुन सकेको थिएन । यो खेल ईङल्याण्ड बलियो अवस्थामा रहेको थियो भने अस्ट्रेलियाले हार बेहोर्ने सम्भावना बढी थियो । 

अस्ट्रेलियाले पहिलो इनिङ्समा ३१७ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ५९२ रन बनाएको थियो । अष्ट्रेलियाले दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर २१४ रन बनाएपछि खेल वर्कोषाले रोकिएको थियो । खेलमा ईङल्याण्ड अझै ६१ रनले अगाडी थियो ।

यो बराबरीपछि अब अस्ट्रेलियाले कम्तिमा यो सिरिज हार्ने छैन । अहिलेसम्म अस्ट्रेलिया सिरिजमा २-१ ले अगाडी रहेको छ ।

अब सिरिजको पाँचौं खेलमा ईङल्याण्डले सिरिज बराबरी गर्न जित्नै पर्ने अवस्था रहेको छ । अब सिरिजको पाँचौं खेल जुलाई २७ देखि द ओभलमा हुने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै