• २०८१ बैशाख १८ मंगलबार

एसेजको पाँचौं टेस्टमा अस्ट्रेलियाको ठोस सुरुवात

kharibot

काठमाडौँ । जारी एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले ठोस सुरुवात गरेको छ ।

पहिलो दिनको खेल सकिदा अस्ट्रेलियाले एक विकेट गुमाएर ६१ रन बनाएको छ । ओपनर डेभिड वार्नर २४ रन बनाएर आउट भएका छन् भने उसमान ख्वाजाले २६ र मार्नस लाबुसचाग्नेले २ रन बनाएर खेलिरहेका छन् । 

यसअघि पहिला ब्याटिंग गरेको ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा २८३ रन बनाएर अल आउट भएको थियो । ईङल्याण्डका लागि ह्यारी ब्रुकले सर्बाधिक ८५ रन बनाए भने बेन डुकेटले ४१, क्रिस वोक्सले ३६, मोइन अलीले ३४, मार्क वूड़ले २८, ज्याक क्रवलीले २२ रनको योगदान दिएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ४ विकेट लिएका थिए भने जोस हजेलवूड़ र टोड मर्फीले २-२ तथा पाट कमिन्स र मिचेल मार्शले एक एक विकेट लिएका थिए ।

पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया अझै २२२ रनले पछाडी रहेको छ ।

यस एसेज सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ र ईङल्याण्डलाई सिरिज बराबरी गर्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै