• २०८१ बैशाख १८ मंगलबार

एसेजको पाँचौं खेल जित्न अस्ट्रेलियालाई ३८४ रनको लक्ष्य

kharibot

काठमाडौँ । एसेज सिरिजको पाँचौं एवं अन्तिम खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३८४ रनको लक्ष्य दिएको छ ।

खेलको चौथो दिन आज इङल्याण्ड आफ्नो दोस्रो इनिंगमा ३९५ रनमा अलआउट भएसँगै अस्ट्रेलियाले ३८४ रनको लक्ष्य पाएको हो ।

यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा २९५ रन बनाएपछि पहिलो इनिंगमा १२ रनको अग्रता बनाएको थियो । यस टेस्टमा पहिला ब्याटिंग गर्दै इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २८३ रन बनाएको थियो ।

जारी सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ । अस्ट्रेलियाले शुरुवाती दुई टेस्ट जितेको थियो भने इङल्याण्डले तेस्रो खेल जितेको थियो । त्यस्तै इङल्याण्ड जितको नजिक रहेको चौथो टेस्ट वर्षाले ड्र भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै