• २०८१ बैशाख १८ मंगलबार

एसेजको पाँचौं टेस्टमा अस्ट्रेलियाको कमब्याक

kharibot

काठमाडौँ । एसेजको पाँचौं टेस्टमा ३८४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले शानदार शुरुवात गरेको छ ।

चौथो दिनको खेल सकिदा अस्ट्रेलियाले कुनै विकेट नगुमाएर १३५ रन बनाएको छ ।

चौथो दिनको आधा भन्दा बढी खेल वर्षाले प्रभावित भएको थियो । ३८ ओभर खेलेको अस्ट्रेलियाले आक्रामक शुरुवात गरेको छ । अस्ट्रेलियाका लागि उसमान ख्वाजाले ६९ र डेभिड वार्नरले ५८ रन बनाएर खेलिरहेका छन् ।

अब टेस्टको पाँचौं दिन दुवैले खेल अगाडी बढाउने छन् । तर आज पनि वर्षाको अनुमान गरिएकोले खेल हुने सम्भावना भने निकै कम रहेको बताइएको छ । आज खेल हुन नसकेमा चौथो टेस्ट जस्तै यो टेस्ट पनि ड्र हुने छ र सिरिज अस्ट्रेलियाले २-१ ले जित्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै