• २०८१ बैशाख १८ मंगलबार

एसेजको पाँचौं टेस्ट जितेर ईङल्याण्डले गर्यो सिरिज बराबरी

kharibot

काठमाडौँ । ईङल्याण्डले एसेजको पाँचौं टेस्ट जितेर सिरिज बराबरी गरेको छ ।

बर्षाले प्रभावित पाँचौं टेस्टको अन्तिम दिन जिततर्फ उन्मुख अस्ट्रेलियालाई ३३४ रनमा अल आउट गर्दै ईङल्याण्डले टेस्ट ४९ रनले जितेको थियो ।

यसअघि ईङल्याण्डले पहिलो इनिंगमा २८३ र दोस्रो इनिंगमा ३९५ रन बनाएको थियो । त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा २९५ रन बनाएको थियो ।

पाँच खेलको सिरिजमा २-० ले पछि परेको ईङल्याण्डले पछिल्ला तीन खेलमा शानदार कम ब्याक गरेको थियो । जसमध्ये चौथो खेलमा पनि जितको नजिक रहेको ईङल्याण्ड बर्षा बाधक भएपछि बराबरीमा चित्त बुझाउनु परेको थियो ।

ईङल्याण्डले तेस्रो र पाँचौं टेस्ट जितेर सिरिज बराबरी गरेको हो ।

पाँचौ टेस्टका दुवै इनिंगमा ७ विकेट लिएका ईङल्याण्डका क्रिस वोक्सलाई प्लेयर अफ द म्याच अवार्ड दिइयो भने वोक्स र अस्ट्रेलियाका बलर मिचेल स्टार्कलाई प्लेयर अफ द सिरिज अवार्ड दिइएको छ । सिरिजमा वोक्सले कुल १९ र स्टार्कले कुल २३ विकेट लिएका छन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै