• २०८१ बैशाख १६ आइतबार

देशको पुनर्निर्माणमा सरकारलाई सघाउन अफगान शरणार्थी घर फर्किदै

kharibot

काबुल । इरानबाट धेरै अफगान शरणार्थी स्वदेश फर्किएका छन् । बितेका दुई दिनमा छिमेकी देश इरानबाट दुई हजार चार सय ८२ अफगानी शरणार्थी स्वदेश फर्केका अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले  जनाएको छ ।

इरानमा वर्षौं शरणार्थीका रूपमा बसेकाहरूलाई स्वदेश फर्काउने प्रक्रियालाई उच्च प्राथमिकताका साथ जारी राखेपछि बितेका दुई दिनमा दुई हजार चार सय ८२ नागरिक आफ्नो मातृभूमि अफगानिस्तान फर्केका उक्त मन्त्रालयले आज एक विज्ञप्ति निकालेर बताएको छ । 

मन्त्रालयले आइतबार पाकिस्तानबाट ३७ जना अफगान शरणार्थीलाई स्वदेश फर्काएको जानकारी पनि दिएको छ । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।पच्चीस लाखभन्दा बढी अफगान शरणार्थी इरानमा वैधानिक रुपमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा रहेका छन् । 

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्केर दशकौँको युद्धले तहसनहस देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै