कुझेनकिनो । वाग्नर समुहका प्रमुख यवगेनी प्रिगोजिनको विमान दुर्घटनामा भएको निधनप्रति केही पश्चिमा नेताहरूले यो दुर्घटना दुर्घटना हो कि होइन भनी प्रश्न उठाएका छन् ।
दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रूसी आपतकालीन सेवाले जनाइसकेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भने, “के भयो भन्ने आफूलाई थाहा नभएको तर रूसमा भएको उक्त घटनामा पुटिनलाई जानकारी भएको हुनुपर्छ ।”
फ्रान्सले दुर्घटनाको बारेमा ‘पर्याप्त शङ्का“ व्यक्त गरेको छ भने जर्मनीले रूसमा ‘अपुष्ट’ मृत्युको ढाँचा पछ्याइएको बताएको छ ।
जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले ‘पुटिनका एक अपमानित पूर्व विश्वासपात्र अचानक विद्रोहको प्रयास गरेको दुई महिनापछि आकाशबाट खस्नु ‘शङ्कास्पद भएको’ बताएका छन् ।
क्रेमलिन समर्थक प्रभावशाली सरकारी टेलिभिजनका अधिकारी र पुटिनकी सहयोगी मार्गारिटा सिमोन्यानले पनि जहाज दुर्घटनालगत्तै दिएको प्रतिक्रियामा यो हत्या भएको हुन सक्ने सङ्केत गरेकी थिइन् ।
“दुर्घटनाको बारेमा चर्चा भइरहेको संस्करणहरू मध्ये यो पनि मञ्चन गरिएको घटना थियो । तर व्यक्तिगत रूपमा, म अधिक व्यक्तिले अनुमान गरे झैँ स्पष्ट एकातिर झुकाव गर्दैछु,” उनले सामाजिक सञ्जालमा भनकी छन् ।
पुटिनको लामो शासनकालमा पुटिनका विरोधीहरू रहस्यमय परिस्थितिमा हराएका छन् ।
रूसको उड्डयन प्राधिकरणले एम्ब्रेयर निजी जेटमा सवार व्यक्तिहरूको नाम बुधबार अबेर सार्वजनिक गरेको थियो ।
जहाज दुर्घटनामा प्रिगोजिन र उहाँका नजिकका सहयोगी जसले प्रोगोजिनलाई पर्दा पछाडिबाट सहयोग गरेका दिमित्री उत्किन पनि परेका बताइएको छ । उत्किनले वाग्नरको अपरेसनको व्यवस्थापन गरेको विश्वास गरिन्छ । उत्किन रूसी सैन्य गुप्तचरमा सेवामा पनि जागिरे रहेको र युद्धमा प्रोगोजिनलाई पनि सघाएका थिए भन्ने चर्चाहरू पनि रूस र छिमेकी मुलुकका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
मस्कोबाट करिब ३५० किलोमिटर उत्तरमा रहेको कुझेनकिनो गाउँ नजिकै राइफल बोकेका केही नकाबधारी ‘रूसी प्रहरी’ ले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।