• २०८१ बैशाख १७ सोमबार

ललिता निवास जग्गा प्रकरण: २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

kharibot

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । यी आरोपीमध्ये १८ जना प्रहरी हिरासतमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै