• २०८१ बैशाख १७ सोमबार

अजरबैजानद्वारा काराबाखमा कारबाही सुरु, आत्मसमर्पण गर्न आग्रह

kharibot

बाकु । अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रबाट अलग्गिएको नागोर्नो–काराबाख क्षेत्रविरुद्ध मङ्गलबार एक अभियान सुरु गरेको छ र अर्मेनियाली पृथकतावादीहरूको आत्मसमर्पणको माग गर्दै यो ‘अन्त्यसम्म जारी रहने’ चेतावनी दिएको छ ।

पृथकतावादीहरूले अजरबैजानले तोपखाना, लडाकू विमान र आक्रमण ड्रोनको प्रयोग गरिरहेको बताएका छन् भने अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले यसलाई ‘स्थलगत आक्रमण’ भनेका छन्। अर्मेनियाले अजरबैजानले विवादित अर्मेनियाली बाहुल्य क्षेत्रमा सेना परिचालन गरेको आरोप लगाएसँगै पछिल्लो समय नयाँ युद्धको डर बढ्दै गएको छ ।

पृथकतावादीहरूको गढ स्टेपानाकेर्टमा शहरमा विस्फोटको आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । त्यसको केही घण्टापछि एएफपीका ती पत्रकारले भने, “गोलाबारी जारी छ ।”

अजरबैजानको रक्षा मन्त्रालयले अग्रपङ्क्तिमा र नागोर्नो–काराबाख क्षेत्रको भित्रसम्म लक्षित गरी कारबाही भइरहेको जनाएको छ । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रमा आतङ्कवाद विरोधी स्थानीय स्तरका कदमहरू चालिएका छन् ।”

अर्मेनियाली पृथकतावादीहरूले अजरबैजानका सेनाले काराबाखमा ‘अघि बढ्न खोजेको’ आरोप लगाउँदै पाँच जना सर्वसाधारणको मृत्यु हुनुका साथै ८० जना घाइते भएको बताएका छन् । काराबाखस्थित अर्मेनियाली पृथकतावादी सेनाले सामाजिक सञ्जालमा भनेको छ, “सम्पर्कको सम्पूर्ण लाइनमा लडाइँ जारी छ ।”

अजरबैजानका अनुसार शुशा शहरमा एक जना निर्माण मजदुरको छर्रा लागेर मृत्यु भएको छ । राष्ट्रपतिले काराबाख पृथकतावादीहरूलाई हतियार त्याग्न राख्न आग्रह गर्दै र येवलाख शहरमा वार्ताको प्रस्ताव गरेका छन् । “अवैध अर्मेनियाली सशस्त्र बलले सेतो झण्डा फहराउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ । अन्यथा, आतङ्कवाद विरोधी कदमहरू अन्त्यसम्म जारी रहनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै