• २०८१ बैशाख २० बिहीबार

अविनाश बोहोराको टी-२० क्रिकेटमा नयाँ रेकर्ड

kharibot

काठमाडौँ । नेपालका बलर अविनाश बोहोराले जारी एशियन गेम्समा माल्दिभ्सविरुद्ध ६ विकेट लिदै नयाँ रेकर्ड बनाएका छन् ।

अविनाशले माल्दिभ्सविरुद्ध ३.४ ओभरमा ११ रन दिदै ६ विकेट लिएका थिए । यो कुनै पनि नेपाली बलरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा लिएको सर्बाधिक विकेट हो । अब अविनाश टी-२० मा नेपालबाट एक खेलमा सर्बाधिक विकेट लिने खेलाडी बनेका छन् ।

अहिलेसम्मको टी-२० अन्तर्राष्ट्रिय खेलमा एकै खेलमा सर्बाधिक विकेट लिने रेकर्ड भने मलेसियाका श्याज्रुल इन्द्रुसको नाममा छ । उनले गत जुलाईमा चीनविरुद्ध ४ ओभरमा ८ रन दिदै ७ विकेट लिएका थिए । यस रेकर्ड सूचीमा अविनाश सातौ नम्बरमा रहेका छन् ।   

नेपालका लागि भने यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए । सन्दीपले २०२२ को अगस्तमा केन्याविरुद्ध ४ ओभरमा ९ रन दिएर ५ विकेट लिएका थिए भने करण केसीले २०२२ को मार्चमा पिएनजीविरुद्ध ३.४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै