• २०८१ बैशाख १७ सोमबार

ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो ।

ब्रेन्टफोर्डका लागि इथान पिन्नोक र ब्रायन एम्बेउमोले एक एक गोल गरेका थिए ।

यो ब्रेन्टफोर्डको यस सिजनमा तेस्रो जित हो । यो खेलपछि १० खेलमा ब्रेन्टफोर्डको १३ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ ।

त्यसैगरी चेल्सीले भने यस सिजनमा चौथो हार बेहोरेको छ । चेल्सीको यो हारपछि १० खेलमा १२ अंक भएको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै