• २०८१ बैशाख १७ सोमबार

माइक्रोसफ्टमा सामेल भए साम अल्टम्यान

kharibot

काठमाडौँ । च्याटजिपिटी बनाउने कम्पनी ओपनएआइका सह-संस्थापक साम अल्टम्यान माइक्रोसफ्टमा सामेल भएका छन् । उनले कम्पनीको नयाँ उन्नत एआई अनुसन्धान टोलीको नेतृत्व गर्नेछन् ।

माइक्रोसफ्टका सीईओ सत्य नडेलाले अल्टम्यान माइक्रोसफ्टको एआइ अनुसन्धान टिमको नेतृत्व गर्ने जानकारी दिएका हुन् । ओल्टम्यान बाहेक, ओपनएआईका पूर्व अध्यक्ष ग्रेग ब्रोकम्यान र केही अन्य कर्मचारीहरू पनि माइक्रोसफ्टमा सामेल हुने उनले बताएका छन् ।

सत्य नाडेलाले भने- 'हामी ओपनएआईसँगको साझेदारीमा प्रतिबद्ध छौं । हामी एम्मेट शीर र ओपनएआइमा नयाँ टोलीसँग जान्न र काम गर्न उत्सुक छौं । हामी यो समाचार साझा गर्न पाउँदा पनि उत्साहित छौं कि साम र ग्रेगले माइक्रोसफ्टमा आफ्ना सहकर्मीहरूसँग नयाँ उन्नत एआई अनुसन्धान टोलीको नेतृत्व गर्नेछन् ।'

अर्कोतर्फ, पूर्व ट्विच सीईओ एमेट शियरले ओपनएआईमा अन्तरिम सीईओको जिम्मेवारी लिने भएका छन् । ओल्टम्यानलाई हटाएपछि मिरा मुरातीलाई यो जिम्मेवारी दिइएको थियो तर अहिले उनलाई उक्त पदबाट हटाइएको छ । आइतबार राति कम्पनीका कर्मचारीलाई यस सम्बन्धमा आन्तरिक ज्ञापनपत्र जारी गरिएको थियो ।

यसमा बोर्ड निर्देशकहरू एडम डी'एन्जेलो, हेलेन टोनर, इल्या सुत्स्केभर, र टाशा म्याकाउलीको हस्ताक्षर छ । 

अल्टम्यान र ब्रोकम्यानलाई आइतवार कम्पनीको सान फ्रान्सिस्को मुख्यालयमा बोलाइएको थियो । मीरा मुरती र नेतृत्व टोलीले उनलाई थप छलफलका लागि आमन्त्रण गरेको थियो । अल्टम्यानले क्याप्शनको साथ ओपनएआईको कार्यालयमा भिजिटर ब्याज लगाएको आफ्नो तस्बिर पनि साझा गरेका थिए । 

अल्टम्यानलाई शुक्रबार अचानक बर्खास्त गरेपछि अहिले ओपनएआईको बोर्डले निकै विरोधको सामना गर्नुपरेको छ । कम्पनीका केही लगानीकर्ता र कर्मचारीहरूले अल्टम्यानको फिर्ताको लागि बोर्डलाई दबाब दिइरहेको बताइएको छ । ओपनएआईको सबैभन्दा ठूलो लगानीकर्ता माइक्रोसफ्ट हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै