• २०८१ बैशाख २० बिहीबार

बालकुमारी घटनाको मानव अधिकार आयोग अनुगमन गर्दै

kharibot

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको अनुगमन शुरु गरेको छ ।

आयोगले बालकुमारीमा भएको युवाहरु र प्रहरीको झडपका क्रममा दुई जनाको मृत्यु भएको घण्टाको अनुगमन शुरु गरेको जानकारी दिएको छ ।

सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।  

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै