• २०८१ बैशाख १९ बुधबार

सुरु भयो नेपाल–भारत संयुक्त आयोगको बैठक

kharibot

काठमाडौं  ।  काठमााडौंमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । 

काठमाडौंको होटेल याक एन्ड यतीमा सुरु भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल र भारतका निम्ति नेपाली राजदूत शंकर शर्मा सहभागी छन् भने भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका निम्ति भारतीय रातदूत नवीन श्रीवास्ताव सहभागी छन् ।

बैठकमा सहभागी हुन बिहीबार काठमाडौंमा भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै