• २०८१ बैशाख १७ सोमबार

बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका :उपप्रमुख डङ्गोल

kharibot

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएकि छिन् ।

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँ जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताइन् ।

“सुरक्षाका दृष्टिकोणमा प्रहरीको भूमिकालाई बालबालिकाले कसरी हेरिरहेका छन् भन्ने विषयलाई यस्ता कार्यक्रमले प्रष्ट पार्ने गर्दछन्”, उनले भनिन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले समाजसेवा तथा शिक्षालाई जोडेर श्रीमती सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

उनले प्रहरीमा आमजनताको आकर्षण कसरी बढाउने भन्नेबारे वतृत्वकलामा छलफल हुने विश्वास व्यक्त गरिन् ।

श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक क्षेत्रमा क्रियाशील सङ्घले पहिलोपटक वतृत्वकला गरेको भन्दै खुसी व्यक्त गरिन्। 

उक्त वतृत्वकलामा काठमाडौँभित्रका सामुदायिक विद्यालय र नेपाल प्रहरी विद्यालयमा अध्ययनरत २६ जना छात्रछात्राले भाग लिएका छन् ।

वतृत्वकलामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित सम्मान गरिने श्रीमती सङ्घले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै