• २०८१ बैशाख १५ शनिबार

दक्षिण अफ्रिकाविरुद्ध न्यूजील्याण्ड २८१ रनले विजयी

kharibot

काठमाडौँ । न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल २८१ रनले हारेको हो ।

यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १६२ रन बनाएको थियो ।

त्यस्तै न्यूजील्याण्डले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै १७९ रन बनाएर पारी घोषणा गरेको थियो ।

यो जितपछि न्यूजील्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० ले अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट फेब्रुअरी १३ देखि शुरु हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै