• २०८१ बैशाख १७ सोमबार

जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने

kharibot

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्यायमन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् ।  

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग  थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरू मध्ये एक जना भएको बताएका छन् । ७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको  लागि सुचि बद्ध भएका उनको भनाई छ । 

करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा  रिहा हुने अपेक्षा गरिएको छ ।

थाक्सिन १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्कीएका थिए । उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्वस्थताका कारण उनलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ । 

गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । 

थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै