• २०८१ बैशाख १५ शनिबार

कार्यकर्ताले रुखमै मतदान गर्ने सुनिश्चित गर्छौं- महामन्त्री थापा

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने बताएका हुन् ।  

उनले आफ्नो संगठानिक प्रस्तावमा उल्लेख गरेका छन्-  'पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,' उनले प्रस्ताव पेस गर्दै भने, 'हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।' 

आजदेखि शुरु भएको बन्दसत्रमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरिसकेका छन् भने लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेश गरेका छन् ।

अब महासमिति सदस्यलाई दुई भागमा बिभाजन गरेर सामुहिक छलफल गर्ने तालिका रहेको कांग्रेसले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै