• २०८१ बैशाख १७ सोमबार

प्रचण्डलाई सिटौलाको चेतावनी- मलाई पनि धोका भयो, यो त्यसै टुंगिन्छ भन्ने नठान्नुहोला !

kharibot

काठमाडौँ । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेपछि कांग्रेसका नेताहरु अझै आक्रोशित रहेका छन् । कांग्रेस नेता तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै आफ्नो आक्रोस पोखेको स्रोतले जानकारी दिएको छ ।

महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर प्रधानमन्त्रीलाई भेटेका सिटौलाले आक्रोस पोखेका थिए । उनले आक्रोस पोख्दै प्रधानमन्त्री प्रचण्डलाई 'यो धोकाधडी त्यसै नटुंगिने' भन्दै चेतावनी समेत दिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गरेपछि पहिलो पटक कांग्रेस नेताहरुले उनलाई भेट गरेका थिए । सिटौलाले कांग्रेससँग बिना छलफल गठबन्धन तोडेको बताउदै आगामी दिनमा कांग्रेस सरकारप्रति कडा रुपमा प्रस्तुत हुने संकेत समेत दिएका दिए ।

सिटौलाले प्रधानमन्त्री भने- 'तपाईले नै होइन, मलाई बैठकमा राष्ट्रियसभाको अध्यक्ष सिटौलाजीलाई बनाउने हो भने हामी समर्थन गर्न तयार छौ भनेर भन्नुभएको ? नत्र म राष्ट्रियसभामा जाने वाला पनि थिइनँ । मेरो दलले बनाउने वाला पनि थिएन । अब तपाईले किन बनाउनु भएन ? फागुन १७ गते बिहान मैले तपाईलाई भेटेँ । २० गते आउँछु भनेर म बाहिर गएँ, तपाईंले हुन्छ भन्नुभयो । तपाईसँग प्रत्येक दिन म सम्पर्कमा छु । संवादमा छु । अहिले तपाई ३/४ महिनादेखि केपी ओलीसँग संवादमा थिए भन्नुहुन्छ, यो सबै छल भएन ?’

उनले अगाडी भने- ‘मसँग तपाईंको के समस्या थियो ? सभापति भनेको त एउटा पोजिसन भएको मान्छे हो । म सभापति नभएर पनि तपाईसँग निकट भएकाले सबै कुरा मिलाउन व्यक्तिगत रुपमा लागिरहेको थिए । यो विश्वास घात गर्नु नै थियो भने भनेरै गरेको भए हुनेथियो । यस घटनाले तपाईं भविष्यमा पछुताउनु पर्छ ।'

सिटौलाको आक्रोसित प्रस्तुतिपछि प्रधानमन्त्री प्रचण्डले उनलाई सम्झाउने प्रयास गरेका थिए । उनले पार्टीभित्रैबाट समस्या भएको बताउदै स्थायी समितिका सबै सदस्यले ठुलो दलको हिसाबले राष्ट्रिय सभाको अध्यक्ष आफुहरुले पाउनुपर्ने भनेपछि आफु अप्ठ्यारोमा परेको सुनाएका थिए । साथै प्रधानमन्त्रीले भोलिको दिनमा शान्तिप्रकृया, संविधानको कार्यन्वयन, संघीयता, राष्ट्रियताका मुद्दामा सहकार्य गर्नुपर्छ भन्दै यतिकै सम्बन्ध सबै टुंगिएको हो भनेर नसोच्न आग्रह गरेका थिए ।

सिटौलाले भेटघाटको अन्त्यमा 'राष्ट्रियसभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वास घात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला ।’ भन्दै चेतावनी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै