• २०८१ बैशाख १७ सोमबार

एकीकृत समाजवादी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सहमत

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ भने सरकारलाई विश्वासको मत समेत दिने भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष माधवकुमार नेपालको छलफलपछि एकीकृत समाजवादीले राखेका माग पुरा गर्ने सहमति भएसँग अब गठबन्धनमा पाँच दल भएका छ ।

शिर्ष नेताको छलफलमा एकीकृत समाजवादीले राखेका माग पुरा भएको बताइएको छ । शिर्ष नेताको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहित एकीकृत समाजवादीका सांसदहरुसँग समेत संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो ।   

एकीकृत समाजवादीले माधव नेपाललाई कम्तिमा एक बर्ष प्रधानमन्त्री र कम्तिमा एक प्रदेशमा मुख्यमन्त्रीको माग प्रमुख रुपमा राखेको थियो ।

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै