• २०८१ बैशाख १८ मंगलबार

मन्त्रिपरिषद्को बैठक सकियो, के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ। सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिएकी हुन् । 

त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् । 

यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै