• २०८१ बैशाख १४ शुक्रबार

बच्चन बाबु छोरीको विज्ञापन विवादमा परे पछि बन्द 

kharibot

मुम्बई। बलिवुडका महानायक अमिताभ बच्चन र उनकी छोरी स्वेता नन्दाले अभिनय गरेको एक ज्वालेरीको विज्ञापन बन्द भएको छ । 

कल्याणी ज्वालेरीको विज्ञापन भारतको बैंकिङ प्रणालीलाई व्यंग गर्दै बनाइएको थियो।  जसमा बच्चनका बाबु छोरीले पहिलो पटक सँगै अभिनय गरेका थिए।  सो विज्ञापनको भारतीय बैंकर्स संघले विरोध गरेपछि कल्याणी ज्वालेरीले सो विज्ञापन बन्द गरेको जानकारी दिएको छ।  

ज्वालेरीको विज्ञापन भएपनि विज्ञापनमा भारतीय बैंकहरुको ढिला सुस्तीलाई बढी देखाइएको थियो।  ज्वालेरीको विस्वास र ब्रान्ड बिल्डिङ प्रमोशन अन्तर्गत बनाइएको सो विज्ञापन भारतीय च्यानलहरुमा बजिरहेको थियो।  

अब ज्वालेरीले एक विज्ञप्ति निकाल्दै तुरुन्तै देखि लागु हुने गरि सो विज्ञापन सबै च्यानलबाट हटाएको जनाएको छ। 

यस्तो थियो विज्ञापन :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै